गाडीको ठक्करबाट पैदल यात्रुको मृत्यु भएपछि अरनिको राजमार्गमा अवरुद्ध

0
2136

काभ्रे । काभ्रेको बनेपामा गाडीको ठक्करबाट पैदल यात्रुको मृत्यु भएपछि तनाव भएको छ । स्थानीयले अरनिको राजमार्ग बन्द गरेर प्रदर्श गरिरहेका छन् ।अरनिको राजमार्ग अन्तर्गत काभ्रेको बनेपा(१० जनागालमा बा१८च ३११९ नम्बरको बोलेरो

गाडीले ठक्कर दिदा घाइते भएका ५८ वर्षीय बाबु विष्टको बनेपाकै शिरमेमोरियल अस्पतालमा मृत्यु भएको हो । विष्टको मृत्यु भएको उनका आफन्तले पुष्टि गरेका हुन् ।विष्टका आफन्त र स्थानीयवासीहरुले सडकमा टायर बालेर प्रदर्शन गर्दै सडक अवरुद्ध पारेका छन् । स्थानीयको भिडलार्इ नियन्त्रणमा लिन अहिले प्रहरी परिचालन गरिएको छ ।ठक्कर दिने गाडी र चालकलार्इ प्रहरीले नियन्त्रणमा लिएको छ । news24nepal.tv

SHARE