सुतिरहेकी बालिकालाई बलात्कार गर्न खोज्नेको लिंग कुकुरले टोकेर पारिदियो चैट

0
142

एजेन्सी । बलात्कार गर्नको लागि बालिका माथि आक्रमण गर्ने व्यक्तिको लिङ्ग टोकीदिएर कुकुरले बालिकालाई बचाएको छ । यो घटना अमेरिकाको अर्कंसस राज्यमा घटेको हो ।५२ वर्षीय रंदले जेम्सले रातिमा हिंडीरहेको समयमा बाटो छेउको

घरमा खुल्ला झ्याल देखे ।त्यहाँ ३ वर्षिया र ६ वर्षिया दुई बालिकाहरु सुतिरहेका थिए । जेम्स घरको पहिलो तल्लामा रहेको त्यो झ्यालबाट कोठामा छिरे र बालिकाहरुमाथि बलात्कारको प्रयास गरे। तर, ती बालिकाहरुको घरमा पालेको कुकुर आयो र उनलाई आक्रमण गर्यो ।कुकुरले ती व्यक्तिको लिङ्ग टोक्यो र सख्त घाइते बनायो ।
बालिकाहरुका आमा बुवाले पुलिस बोलाएपछि उनलाई पक्रिएर अस्पताल लगिएको छ । जेम्सको लिंगमा गहिरो चोट भएकाले उनी अस्पतालमा उपचाररत छन्। बालिकाहरुको परिवारले कुकुर, आफूहरुको लागि ‘हिरो’ भएको बताएका छन् ।

SHARE