शर्मिलाले हिँड्दा हिँड्दै बाटोमै जन्माइन् छोरा

0
197

जाजरकोट, मंसिर २६ – जाजरकोटमा एक महिला नियमित स्वास्थ्य जाँच गराउन अस्पताल जाँदा बाटोमा नै सुत्केरी हुनुभएको छ । कुशे गाउँपालिका–९ बाट सदरमुकाम खलंगा जाँदै गरेकी शर्मिला नेपालीले बाटोमा नै छोरा जन्माउनु भएको हो ।शर्मिलाको घरबाट सदरमुकामसम्म पुग्न सामान्य हिँडाईमा ३६ घण्टा लाग्छ । दोस्रो पटक आमा बन्न लागेकी शर्मिला अस्पतालमा सुत्केरी हुने भन्दै बहिनी साथी लिएर खलंगा हिँड्नु भएको थियो । खलंगा जाँदै गर्दा उहाँले पाँचकाटिया नजिकै कर्कले भीरको बाटोमै बच्चा जन्मिएको स्थानीय बासिन्दा डिल्ली थापाले जानकारी दिनुभयो ।

उहाँलाई सुत्केरी गराउन बहिनीसँगै स्थानीय महिलाहरुले पनि सहयोग गरे । विकट बस्तीमा अहिले पनि स्वास्थ्य केन्द्र स्थापना हुन नसक्नु र स्थापना भएका स्वास्थ्य केन्द्रबाट गुणस्तरीय सेवा नभएको कुशे गाउँपालिका–५, ढिमेका बासिन्दा शिवबहादुर मल्लले गुनासो गर्नुभयो । मल्ल भन्नुहुन्छ, ‘जाजरकोटका अधिकांश महिला गोठमा, जंगलमा, मेलापात गएको ठाउँमा, बाटोमा बच्चा जन्माउन बाध्य छन् ।’जाजरकोटमा स्वास्थ्य सस्थामा कर्मचारी खोजेको बेला नपाइने गरेको स्थानीय बासिन्दाको गुनासो रहेको छ । अहिले जिल्ला अस्पतालमा समेत एकजना डाक्टर बाहेक अरु ५ जना डाक्टर कार्यालय छोडेर घर गएको जिल्ला अस्पतालका एक कर्मचारीले बताए ।जाजरकोटमा ५० शैयाको अस्पताल भए पनि विशेषज्ञ तथा डाक्टर नबस्ने गरेका छन् । साथै सुत्केरी गराउने विशेषज्ञता भएका डाक्टर पनि नभएको अवस्था छ । अहिले आमा र बच्चाको अवस्था सामान्य रहेको पाँचकाटियाका मेडिकल सञ्चालक गणेश खत्रीले जानकारी दिनुभयो । बाटोमा नै स्वस्थ छोरा जन्माउने शर्मिलाले खलंगामा नै पुगेर यसअघि ३ पटक गर्भ जाँच गराउनुभएको थियो । ujyaaloonline बाट

SHARE