अमेरिकामा सवारी दुर्घटना : तीन जना नेपालीको मृत्यु, ३ गम्भीर घाइते

0
177

झापा, २६ मंसिर । अमेरिकाको टेक्सास फोर्टवर्थ सहरमा भएको सवारी दुर्घटनामा नेपाली मूलका तीनजनाको मृत्यु भएको छ । सोमबार भएको सो दुर्घटनामा घाइते भएका तीनजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।मृत्यु हुनेमा झापाको बेलडाँगी शरणार्थी शिविरबाट पुनर्वासका लागि अमेरिका पुगेका ५३ वर्षका डम्बर कामी, ४५ वर्षीया पवित्रा कामी र ४ महिने बालक स्यारोन दर्जीको मृत्यु भएको हो ।गम्भीर घाइते भएका २४ वर्षीया रुपा कामी, १४ वर्षीया मोनी लोकान्द्री र ४ वर्षीया रीना कामीको उपचार भरहेको छ । उनीहरु सन २०१२ मा पुनर्वासका क्रममा अमेरिका पुगेका थिए ।

चुनाव सकिएलगत्तै के गर्दैछन् चितवनमा प्रचण्ड ?

चितवन । चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना मतदातालाई धन्यवाद ज्ञापन गर्न घरदैलो कार्यक्रम सञ्चालन गरेका छन् ।चितवन ३ का मतदातालाई धन्यवाद दिन मंगलबार (आज) र बुधबार (भोलि) अध्यक्ष प्रचण्ड कतदाताको घरदैलामा जाने भएका हुन् । आफ्ना मतदातालाई धन्यवाद दिन चितवन ३ का गाउँ बस्तीमा घरदैलो गर्ने कार्यक्रम रहको उनको सचिवालयले खबरडबलीलाई जानकारी दिएको छ ।रचण्ड चितवन ३ मा राप्रपाका उम्मेदवार बिक्रम पाण्डेलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।dainik online

SHARE