अमेरिकामा भएको सडक दूर्घटनामा नेपाली मूलका एकै परिवारका तीन जनाको मृत्यु

0
146

झापाको बेलडाँगी शरणार्थी शिविरबाट अमेरिका गएका नेपाली मूलका एक परिवारका तीन सदस्यको सडक दुर्घटनामा परी मृत्यु भएको छ ।अमेरिकाको टेक्सास, फोर्टवर्थ सहरमा सोमबार भएको सडक दुर्घटनामा ५३ वर्षका डम्बर कामी, ४५ वर्षीया पवित्रा कामी र ४ महिने बालक स्यारोन दर्जीको मृत्यु भएको हो ।घटनामा तीनजना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा २४ वर्षीया रुपा कामी, १४ वर्षीया मोनी लोकान्द्री र ४ वर्षीया रीना कामी रहेका छन् । रुपाको आइसियुमा राखेर उपचार गरिँदैछ ।भूटान सरकारबाट लखेटिएका कामी परिवारले लामो समय नेपालको शरणार्थी शिविरमा व्यतित गरेको थियो । उनीहरु सन २०१२ मा पुनर्वासका क्रममा अमेरिका पुगेका थिए ।घाइतेहरुको उपचार र मृतकको दाहसंस्कारका

लागि टेक्सासमा रहेका समाजसेवी कृष्ण लामिछानेले पहल सुरु गरेका छन् ।नेपालआजबाट

SHARE