फोरमको विजयी जुलुसमा दोहरो भिडन्त, प्रहरीले गोली चलाउदा स्थिति तनावग्रस्त

0
56

मंसिर २७ । संघीय समाजवादी फोरम नेपालले निकालेको विजयी जुलसुमा झडप हुँदा प्रहरीले गोली चलाउनु

परेको छ । बारामा पचरौता नगरपालिमा संघीय समाजवादी फोरमले विजयी जुलुस निकाल्दा झडप भएको हो । विजयी जुलुसको विरोध गर्दै केही युवा सडकमा उत्रिए पछि दुई पक्षबीच झडप भएको हो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गरी बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका फोरम उम्मेदवार रामसहाय प्रसाद यादवले विजयी जुलुस निकालेका थिए । यादवले विजयी जुलुस निकाल्दा कांग्रेसका पराजित उम्मेदवार राधे चन्द्र यादवका कार्यकर्ताले अवरोध गर्न खोजेका थिए । दुवै पक्षबीच भएको झडपमा फोरम र कांग्रेसका कार्यकर्तासहित केही प्रहरी पनि घाइते भएका छन् । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।sirahatimes.com

SHARE