ढाड भाँचिएकी मैसरी उपचार खर्च नपुगेर मर्कामा

0
80

२८ मंसिर, काठमाडौं । ढाड भाँचिएर काठमाडौंको ट्रमा सेन्टरमा उपचाररत रुकुम गोतामकोटकी एक महिला खर्च अभावमा समस्यामा परेकी छन् । उनको परिवारले सहयोगको याचना पनि गरेको छ ।आठबिसकोट नगरपालिका ४ गोतामकोटकी मैसरी विक टमटाको घाँस काट्न गएको बेला लडेर ढाड भाँचिएको हो । उनलाई स्थानीय कर्णबहादुर शाहीले गाडी रिजर्भ गरेर र केही रकम दिएर काठमाडौंको ट्रमा सेन्टरसम्म ल्याउन सहयोग गरेका थिए विकको ढाडको अपरेशन सफल भएको छ । तर महंगो औषधि खानुपर्ने र थेरापी पनि गर्नुपर्ने भएकाले मैसरीका श्रीमान सेते टमटा चिन्तामा छन् ।प्रदेश र प्रतिनिधिसभा चुनावमा भोट हाल्न कुपण्डोलबाट रुकुम गएको बेला स्थानीय कर्णबहादुर शाहले उनलाई भेटेर काठमाडौं पठाएका थिए ।‘स्थानीय क्लिनिकमा उपचार गरेर अब निको

हुँदैन भनेर घर फर्काउन लागेका थिए । मैले गाडी र केही रकमको बन्दोबस्त गरेर काठमाडौंमा पठाएँ । अपरेशन पनि भयो । तर थप उपचारमा समस्या भइरहेको छ,’ शाहले भने ।

मैसरीको उपचारका लागि रुकुम पश्चिमको जिल्ला प्रशासन, जिल्ला स्वास्थ्य कार्यालयले निःशुल्क उपचारको लागि सिफारिस गरेका छन् । सो सिफारिस अनुसार ट्रमा सेन्टरले एक लाख रुपैयाँ बराबरको उपचारमा सहयोग गरेको छ । बेड चार्ज र केही औषधि निःशुल्क पनि उपलब्ध गराएको छ ।तर कतिपय महंगा औषधि अस्पतालमा नपाइने भएकाले बाहिर मेडिकलबाट किन्नुपर्ने बाध्यताले समस्या परेको श्रीमान् सेते टमटाले बताए ।मैसरीको उपचार बेड नम्बर ५११ मा राखेर भइरहेको छ । onlinekhabar

SHARE