कन्फेडेरेसन कप फुटवल आजबाट सुरु, आठ देश सहभागी

0
86

काठमाडौं, असार ३ । आगामी वर्ष रुसमा हुने विश्वकप फुटबलको तयारीको रुपमा हेरिएको कन्फेडेरेसन कप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ ।विश्वकप फुटबल २०१८ को ठीक एक वर्षअघि आज सुरु हुन लागेको कन्फेडेरेशन कप फुटबललाई विश्वकपका दाबेदारबीचको प्रतिस्पर्धाको रुपमा लिने गरिएको छ ।

प्रतियोगितामा ८ देश सहभागी छन् । आयोजक रुससँगै ओसेनिया क्षेत्रको च्याम्पियन न्यूजिल्याण्ड, युरोकप विजेता पोर्चुगल, विश्वकप विजेता जर्मनी, एसियाली च्याम्पियन अस्ट्रेलिया, दक्षिण अमेरिकी च्याम्पियन चिली, मध्यअमेरिका तथा क्यारेबियन क्षेत्रको च्याम्पियन मेक्सिको र अफ्रिकन च्याम्पियन क्यामरुनले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।

आज हुने उद्घाटन खेलमा आयोजक रुस र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुने छ । रुसको सेन्ट पिटर्सवर्गस्थित रंगशालामा हुने खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ ।प्रतियोगितामा सहभागी भएका देशलाई दुई समूहमा विभाजन गरिएको छ ।समूह ‘ए’ मा आयोजक रुससँगै न्युजिल्याण्ड, पोर्चुगल र मेक्सिको छन् । यस्तै समूह ‘बी’ मा क्यामरुन, चिली, अस्ट्रेलिया र जर्मनी छन् ।हरेक समूहको शीर्ष दुईमा रहने टोली सेमिफाइनलमा पुग्ने छन् ।फाइनल खेल आगामी जुलाई २ मा हुनेछ । यसअघि सन् २०१३ मा भएको कन्फेडेरेसन कप फुटबलको उपाधि ब्राजिलले जितेको थियो ।imagekhabar

SHARE