गोमा एयरका सहायक पाइलट सृजन मानन्धरको पनि मृत्यु

0
106

सोलुखुम्बु, १४ जेठ । सोलुखुम्बुको लुक्ला विमानस्थलमा गोमा एयरको जहाज दुर्घटना हुँदा गम्भीर घाइते सहायक पाइलट सृजन मानन्धरको पनि मृत्यु भएको छ ।गम्भीर घाइते अवस्थामा लुक्ला अस्पतालमै उपचार गराइरहेका मानन्धरको शनिबार अबेर राति मृत्यु भएको हो ।शनिबार दिउँसै थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएपनि मौसमका कारण हेलिकोप्टर उडान हुन नसकेपछि उनको उपचार लुक्लामै भइरहेको थियो ।पाइलट पारसकुमार राईको उपचारकै क्रममा शनिबारै मृत्यु भएको थियो । यता एयर होस्टेज प्रज्ञा महर्जनको स्वास्थ्य भने खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।दुर्घटनाका घाइते एयरहोस्टेज प्रज्ञा महर्जनलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । उनलाई हेलिकोप्टरमार्फत् काठमाडौं पठाइएको हो ।source/dainikonline

SHARE