पूर्वराजा ज्ञानेन्द्रले पनि बाढी पीडितलाई सहयोग गर्ने

0
175

पूर्वराजा शाहले भने, ‘उद्धारका साथै राहत छिटौ वितरण गरौँ’ काठमाडौं, ३० साउन । पूर्वराजा ज्ञानेन्द्र शाहले विपत्तीको दुःखद् घडीमा धर्य र सहासको साथ सामना गर्न अपील गर्नुभएको छ ।पूर्वराजा शाहले आइतबार विज्ञप्ति जारी गरेर बाढीमा परेकाहरूलाई छिटोभन्दा छिटो उद्धार गरेर राहत वितरणको माग गर्नुभएको हो ।‘अविरल वर्षाले देशको तराई लगायत विभिन्न भू–भागमा आएको बाढी र पहिरो जस्ता प्राकृतिक प्रकोपले ठूलो धनजनको क्षति पु-याएकोमा गम्भीर चिन्ता एवम् दुःख व्यक्त गर्दछु’, विज्ञप्तिमा भनिएको छ, ‘विपत्तीको यस घडीमा उक्त क्षेत्रका जनतालाई राहत एवम् उद्धार उपलव्ध गराउँदै प्रकोप नियन्त्रणका लागि सम्वन्धित पक्षले तदारुकता देखाउनु पर्छ ।’

पूर्वराजा ज्ञानेन्द्र शाहले बाढी र पहिरोका कारण विभिन्न जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख प्रकट गरेका छन् । पूर्व राजपरिवारको तर्फबाट विपद्को घडीमा उद्दार र राहतमा सयोग गर्ने समेत शाहले जनाएका छन् । उनले एक विज्ञप्ति जारी गर्दै सम्बन्धित निकायले प्रकोप नियन्त्रणमा तदारुकता अपनाउनेमा विश्वास समेत व्यक्त गरेका छन् ।dainikonline

SHARE