बाढीबाट प्रभावित १२ जिल्लामा सरकारले सुरु गर्यो राहत वितरण

0
91

सरकारले बाढी पहिरो प्रभावित १२ जिल्लामा सेना तथा निजि हेलिकप्टरमार्फत राहत पठाएको छ । राहत लिएर सेनाको सात वटा र निजी क्षेत्रका आठ वटा हेलिकप्टर परिचालन गरिएको गृहमन्त्रालयले जनाएको छ ।बाढीबाट प्रभावित १२ जिल्लामा सरकारले राहत वितरण सुरु गरेको हो । झापा, सुनसरी, सप्तरी, सर्लाही, धनुषा महोत्तरी, बारा, रौतहट, दाङ, बाँके, बर्दिया र कैलालीमा राहत पठाइएको गृहमन्त्रालयले जनाएको छ । झापामा आठ सय ५१ थान त्रिपाल, चार सय ७५ थान कम्बल र दुई सय ६१ सेट भाँडाकँडा र ड्राइफुड, सुनसरीमा ६ हजार चार सय ८५ किलो चामल, १२ हजार ६० केजी चिउरा, ६ हजार सात सय १० केजी भुजिया, नौ सय १० किलो नुन, २१ हजार चार सय ५० प्याकेट चाउचाउ, ५० लिटर तेल, ६ सय ५० पोका चाउचाउ र तीन सय २५ केजी दालमोठ वितरण गरिएको छ ।

त्यसैगरी, सप्तरीमा ६ सय ७० वटा त्रिपाल, १५ बोरा चिउरा, ५० बोरा भुजिया, १० बोरा चामल, लत्ताकपडा एक सय ४६ थान र विराटनगरबाट पाँच हजार केजी ड्राईफुड पठाएको गृह मन्त्रालयले जनाएको छ । झापा, सुनसरी, सप्तरीसँगै अन्य आठ जिल्ला सर्लाही, धनुषा, महोत्तरी, बारा, रौतहट, दाङ, बाँके, बर्दिया र कैलालीमा त्रिपाल, कम्बल, सिटामोल, जीवनजलसँगै ड्राइफुड, भाडाकुँडा र लत्ताकपडा पठाइएको बताइएको छ ।गृहले राहत सामग्री संकलन एवं सहजीकरण गर्न दुईवटा टोली बनाएको छ । जसअन्तर्गत गृह मन्त्रालयका उपसचिव फणिन्द्रमणि पोखरेल र उपसचिव श्रवणकुमार तिमल्सिनाको दुईवटा राहत सामग्री संकलन सहजीकरण टोली बनेको छ । टोलीले आफ्नो काम सुरु गरिसकेको छ ।-News24

SHARE