ह्वात्तै बढ्यो बाढी पहिरोबाट मृत्यु हुनेको संख्या

0
111

३१ साउन, काठमाडौं । बाढी पहिरोबाट ज्यान गुमाउनेको संख्या ह्वात्तै बढेको छ । गृहमन्त्रालयका अनुसार अहिलेसम्म बाढी र पहिरोबाट ज्यान गुमाउनेको संख्या ११५ पुगेको छ । २५ जना घाइते भएका छन् भने ३८ जना अहिलेसम्म पनि वेपत्ता रहेका गृहमन्त्रालयको भनाई छ ।सरकारले राहात र उद्धारका लागि हेलिकोप्टरहरु तयारी अवस्थामा राखेको जनाएको छ । मनसुन विस्तारै कम्जोर हुँदै गएकाले अव धेरै धनजनको क्षति नुहेन सरकारको विश्वास छ । सरकारले बाढी पहिरो पीडितका लागि एकद्धार प्राणालीबाट राहात वितरण गर्ने निर्णय गरेको छ । -Nepali Headlines

SHARE