आगमी शनिवार हुने च्याम्पियन्स लिग फुटबलको फाइनलका लागि बेल फिट नहुँदा रियल मड्रिड चिन्तामा

0
108

 १७ जेठ । आगमी शनिवार हुने च्याम्पियन्स लिग फुटबलको फाइनलका लागि बेल फिट नहुँदा रियल मड्रिड चिन्तामा रहेको छ । वेल्सको कर्डिफमा हुने फाइलन खेलमा स्पेनिस क्लब रियल मड्रिड र इटालिको युभेन्टस भिड्ने छन् ।

रियल मड्रिडले स्पेनिस ला लिगा तथा युभेन्टसले इटालियन सिरी ए को उपाधि जितेको हो । दुवै क्लब घरेलु र युरोपियन च्याम्पियन बन्ने तयारीमा छन् ।यो अभियानमा रियल मड्रिड महत्वपूर्ण खेलाडी ग्यारेथ बेललाई गुमाउने सम्भावना छ । बेलको पिँडौलाको चोटका कारण गएको अप्रिलदेखि मैदान बाहिर छन् । बार्सिलोनासँगको खेलको क्रममा अप्रिल २३ मा बेल चोटग्रस्त भएका थिए ।

च्याम्पियन्स लिगको फाइनलमा उनी मैदान फर्कने अपेक्षा छ । तर उनी पूर्ण रुपले फिट भने भएका छैनन् । बेलले आफू शनिबारको फाइनलका लागि सतप्रतिशत फिट भने नरहेको बताएका छन् ।उनले चोटपछि ८ खेल गुमाए । त्यसमा सन् २०१२ पछि पहिलो पटक ला लिगाको उपाधि पक्का गर्ने मालागासँगको खेल पनि पर्‍यो । बेलले सन् २०१४ र २०१६ मा रियल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि दिलाउने क्रममा गोल गरेका थिए

SHARE