गायक रामकृष्ण ढकालको पक्षमा उभिए राजेश पायल राई, दिए कडा प्रतिकृया आफ्नै जनजातिलाई

0
55

काठमाण्डौ १६ भाद्र । नेपाल आईडलको चौथो राउण्डमा गेष्टको रुपमा बिहीबार नेपाल आईडलको मञ्चमा पुगेका राईहरुकै राई ईज किंगका उपाधि पाएका गायक राजेश पायल राईले खुलेरै रामकृष्ण ढकालको पक्षमा बोले ।
उनले नेपाल आईडलको मञ्चबाटै गायक ढकाल र आफु निकै मिल्ने साथी भएको बताउँदै गायक ढकालको विरुद्धमा बोल्नेहरुले सानो कुरालाई ठुलो बनाएर जातिय द्धन्द्ध मात्र चर्काउन खोजेको प्रतिकृया दिए ।

पाँचौ राउण्डमा गायक ढकाल र चौथो राउण्डामा गायक राई यी दुवै जातिय, क्षेत्रीय, कला संस्कृति, वर्ग र भुगोल सबै कुराबाट भिन्न भिन्न प्रतिनीधि जनाउने गायक हुन् । ढकाल लगत्तै राईलाई नेपाल आईडलले अथितिको रुपमा निम्त्याउनुलाई चौथो राउण्ड निकै आर्कषण र कौतुहल्ताको राउण्ड बनि रह्यो ।गायक रामकृष्ण ढकालको विरुद्धमा अनावश्यक टिकाटिप्पणी गर्दै गायक ढकाललाई नराम्रो बनाउन चाहानेहरुले राईले आफुहरुको कमेन्टप्रति समर्थन जनाउँछन् भन्नेमा सायद ढुक्क थिए होलान् । तर गायक राईले गायक ढकालको विरोध गर्नेहरुकै विरोधमा बोलेपछि भने दर्शकर्दिघाको तालिले नेपाल आईडलको मञ्च नै थर्किएको थियो ।

गायक राईले सांगीतक क्षेत्र भनेको नितान्त श्रृजना गर्ने क्षेत्र हो भन्दै राजनीति चाहीं केवल खुट्टा तान्ने क्षेत्र भएको स्पष्ट पारे । उनले नेपाल आईडल जस्तो प्लेट फर्मलाई राजनीति नगर्न आग्रह समेत गरे । उनले यो आग्रह रामकृष्ण ढकालको बारेमा केही जनजातिहरुले गरेको कटु आलोचनाको प्रतिकृया थियो ।

गायक राईले आफ्नो प्रत्येक कन्टेस्टेनले गाएर सकेपछि आफ्नो विचार राख्नु पुर्व गायक रामकृष्णको बारेमा नकारात्मक टिप्पणी गर्ने जति सबै जनजातिलाई अनावश्यक रुपमा ढकालको खुट्टा नतान्न आग्रह समेत गरे । उनले भने,“रामकृष्णले भनेको कुरा त्यति नराम्रो हैन जति उस्लाई नराम्रो बनाउने कोशिश गरियो ।” सांगीतिक क्षेत्रमा कुनै जात हुँदैन भन्दै अडियन्सलाई पनि जात जातको फरक नछुट्टयाउन अनुरोध गरे ।

नेपाल आईडलकै मञ्चबाट गायक राईले ढकाल र आफुमा कहिले पनि राई र ढकाल भन्ने विषयमा विवाद नै नभएको बताए । उनले गीत संगीतले कलाकारको चुल्हा बल्नु पर्छ नकि जातिय चुल्हा भन्दै सबै कन्टेस्टेन्टलाई आफुमा भएको प्रतिभाबाट घरको, मनको र पब्लिको दिलको चुल्हा जलाउने क्षमता राख्नु पर्छ भन्दै हौसाल प्रदान गरे ।नेपाल आईडलले रामकृष्ण ढकालपछि लगत्तै राजेश पायल राईलाई बोलाउनु भनेको जातिय विषयमा लम्बाईरहेको दुरीलाई कम गराउने एउटा उचित विकल्प रोजेको हो भन्न सकिन्छ । जस्लाई नेपाल आईडलले निकै नै बुद्धि पु¥याएको मान्न सकिन्छ । बाहुनबादको आरोपमा मुछिएका ढकाललाई जनजाति समुदायकै गायक राईले कटु आलोचना गर्ने जनजातिलाई त्यस प्रकारको आलोचना अनावश्यक र निकै नै सानो सोंच भएकाहरुले गरेको आलोचना हो भन्दै त्यस्ता आलोचना गर्नेलाई बेफुर्सदिलाको संज्ञा दिए ।

अथितिका रुपमा गएका गायक राईले प्रत्येक शब्दमा र चार जना कन्टेस्टेन्टलाई दिने प्रत्येक कमेन्टमा गायक ढकालको पक्षमा उनी बोलि नै रहे । आफुलाई राम्रो लागेको कुरा राम्रो लाग्यो भन्ने अधिकार सबैलाई छ र त्यही कुरा रामकृष्णले पनि गरेको हो भन्दै त्यसडा प्रतिबाद समेत गरे ।

बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड भने झैं । गायक राईले दिएको प्रतिकृयाको अर्थ घुमाउरो पारामा गायक ढकालको विरोध गर्नेहरुलाई नै थियो । नेपाल आईडलमा गायक राईले रामकृष्णको पक्षमा उभिएर सामाजिक सञजाल र विभिन्न सञ्चार माध्यमहरुमा विभिन्न खाले ह्वौवा फैलाउनेलाई बेफुसदिलो बनेर अरुको विषयमा कुरा काटी बस्नु भन्दा बरु केही काममा व्यस्त रहन सुझाव दिए ।हाँसि हाँसि प्रतिकृया दिएका गायक राईले हाँसेरै व्यक्तिगत रुपमा सबै कन्टेस्टेन्टहरुको प्रशंसा गर्नुका साथै आईल एकै जना बनेपनि यो राउण्ड सम्म आईपुगेको हुनाले आफ्नोलागि चारै जना नै आईडल भएको बताए ।onlinetamang.com

SHARE