काठमाडौं आउँदै गरेको बस जोरपाटीमा दुर्घटना, १६ जना घाइते

0
118

१७ भदौ, भक्तपुर । काभ्रेपलाञ्चोकको पनौतीबाट काठमाडौँतर्फ जाँदै गरेको बस अरनिको राजमार्ग खण्डअन्तर्गत जोरपाटीमा आज बिहान दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।करिब ८ बजेतिर तीव्र गतिमा आइरहेको बा२ख ९५८० नंको बस सूर्यविनायक नगरपालिका जोरपाटीमा सडकबाट खेतमा खसेर दुर्घटनामा परेको वडा नं ९ का वडाध्यक्ष उपेन्द्र केसीले जानकारी दिए ।स्थानीयवासीले यात्रुको उद्धार गरेर उपचारका लागि मध्यपुर अस्पताल पठाएका छन् ।-nepali headlines तस्वीरः सांकेतिक तस्वीरर

SHARE