आज नेपाल आइडलमा सागर आले बाहिरीए, कसको भोट कति आएको रहेछ ? हेर्नुहोस (मत परिणाम सहित)

0
96

काठमाडौँ, २३ भदौ । अत्यन्तै चर्चा कमाइरहेको नेपाल आइडलले आज आफ्नो ३ फाइनलिस्ट पाएको छ । सबै भन्दा कम मत पाएका सागर आले शोबाट बाहिरिएका छन ।बिभिन्न झमेला र मुद्दा समेत परेको नेपाल आइडल आयोजकले आजको इपिसोडमा गत हप्ताको मतपरिणाम कै आधारमा नतिजा सुनाएका थिए । सागर आले बाहिरीए पछी अब फाइनल प्रतिष्पर्धीहरु बुद्द लामा, प्रताप दास, निशान भट्टराई बाकी रहेका छन । आइडलको ग्रयाण्ड फिनाले सेप्टेम्बर २२ तारिख कतारको दोहामा हुने भएको छ ।

कसलाई कति भोट आएको रहेछ ? हेर्नुहोस :

बुद्ध लामा : ११,४५,५३८

एसएमएस– ६ लाख ९१ हजार ५७


अनलाइन भोटिङ– ४ लाख ५४ हजार ४८१

प्रताप दास :८,९३,३४७

एसएमएस – ७ लाख १४ हजार ९९९
अनलाइन भोटिङ – १ लाख ७८ हजार ३४८

निशान भट्टराई : ८,७१,४८०

एसएमएस – ५ लाख ३३१
अनलाइन भोटिङ – ३ लाख ७१ हजार १४९

सागर आले : ८,०९,९५१

एसएमएस – ४ लाख १९ हजार ८७५
अनलाइन भोटिङ – ३ लाख ९० हजार ४०

फोटो सौजन्य – अनलाइनखबर

SHARE