नेपाल आइडल छात्तिमा हात राखेर भन ‘सागर आलेको भोट कम आएको हो कि हटाएका हौ ?

0
95

सत्य तितो हुन्छ तर सत्य सत्य नै हो ! अन्तराष्ट्रिय स्थरको फ़्रेन्साइज सो नेपालमा पहिलो पटक नेपाल आइडलको रुपमा भित्रिएको सो थियो ! जस्को सम्पूर्ण हकदार थियो एपी वान टेलिभिजन र त्यसका व्यवस्थापकहरु !

नेपाल आइडलका डिरेक्टर ज्यु ! नमस्कार

राजतिनिले उल्लु बनाएको नेपालि समाजलाई तपाईले राम्रो निकै गर्विलो र महत्वपुर्ण कार्यक्रम भित्र्याएर नेपालि जनतालाई यति साम्म उल्लु बनाउनु भयो कि त्यसको मुल्याकन समयले गर्नेछ नै !के सागर आले कम भोट पाएर बाहिरिएका हुन् वा तपाई र तपाईको केहि युनिटले आउट गरेको त्यो त थाहा हुने नै छ ! यस बिचमा घटेका केहि मननयोग्य घटना लाई उजागर गर्छु !कार्यक्रम अनुसार अस्तिकै हप्ता दर्शकको भोटिंगको आधारमा एक जना बाहिरिनु पर्थ्यो तर जजको भिटो प्रयोग गरेर ४ जना सेफ गर्नुको मुख्य उद्देश्य बाट नै थाहा पाइन्थ्यो कि ‘दालमा केहि कालो थियो नै’ ! पहिलो पटक भित्रिएको नेपाल आइडल यति विवादित बन्यो कि केस अदालत सम्म पुग्यो !नेपालका आम मानिसहरुका लागि आजको निर्णय सुन्दा कुरा दिन जतिकै छर्लंग भयो र निम्न प्रश्नहरु उब्जिए नेपाल आइडलका खातिर जो निम्न छन:

१, महिलामा सबैभन्दा राम्रो स्वर भएकी बिद्या तिवारी र मेनुका पौडेल भोट कम पाएकै आधारमा बाहिरिएकी थिइन् ?

२, प्रताप लामा पनि भोट कम भएकै आधारमा बाहिरिएका थिए वा आउट गरिएको थियो ?

३, टप १८ देखि सबैभन्दा बढी डेन्जर जोनको सामना गरेका प्रताप दासले सागर आले र निशान भट्टराईको भन्दा बढी भोट ल्याए होलान त् ?

४, हिजो बिहिवार र आज शुक्रवारको प्रस्तुति जजको नाममा कलंक इन्दिरा जोशीको हाउभाउ कतिले याद गर्नु भो ? इन्दिरा जोशीको छटपटी हेर्दा नै लाग्थ्यो चोर अहिले नै तर्सिन्छ रे ! किन तर्सेकी थिईन इन्दिरा ?

५, कालिप्रशादले सागर आउट हुँदा भने सागर बाहिरिने मान्छे नै होइन ३ वटा जज मध्यको एकजनाले यसो भन्दा के लाग्छ बाहिरिने मान्छे को हो र कस्लाई आउट गर्नु भो ?

६, गित बिर्सिने र ताल बिर्सिने भन्दा सागर आले के कम थिए कुनै एउटा एपिसोड छ जँहा सागरले गित भुलेका थिए ?

७, पप लोक आधुनिक र्याप क्लासिकल कुनैपनि जोनको गित गाउने सामर्थ्य सागर बाहेक कसको थियो ? पुराना नेपाल आइडलका भाग र प्रस्तुतिहरु युट्युबमा छ्याप्छ्याप्ती छन

८, डिजर्भिङ कन्टेस्टेन्ट टप ३ मा जानुपर्छ भनेर इन्दिरा जोशीले सागर लाई भनेकी थिइन् होला कि प्रताप दास लाई लास्ट हप्ता ?

९, प्रश्नहरु धेरै छन् तर अन्तमा तपाइहरुलाई लाग्छ के लाग्छ के सागर बाहिरिनु पर्ने मान्छे हो ? कृपया आफ्नो मत ब्यक्त गर्दैजानुहोला !

साउथ कोरिया बाट उही अभागी हरेक क्षेत्रमा राजनितिले गाँजेको नेपालको छोरो ढेडु क्षेत्री !onlinetvnepal

SHARE