सागर आलेलाई सिंगापुर पछी साउदी र लण्डनबाट पनि आयो लाखौ रुपैयाँ र क्यामेरा, फ्यानहरुले यसरि धमाधम पठाउन थाले सहयोग रकम

0
412

साझापेज । काठमाडौँ, २६ भदौ । नेपाल कै पहिलो अन्तराष्ट्रिय फ्रेनजाइज शो “नेपाल आइडल” को टप ४ बाट बाहिरिएका प्रतिस्पर्धी सागर आले अहिले लाखौ फ्यानको मन मुटुमा बस्न सफल भएका छन । उनलाई माया गर्ने त जत्ति पनि छन तर उनका यस्ता फ्यान पनि छन जसले लाखौ रुपैया सहयोग पनि गर्न थालि सकेका छन ।

नेपाल आइडलबाट फाइनलको एक कदम अगाडी बाहिरी पछी उनलाई सिंगापुरबाट आर्थिक सहयोग गरिएको छ। धरान निवासी हाल सिंगापुरमा रहेकी जेदिन लिम्बूले सागर आलेको नाममा रहेको नेपाल इन्भेस्टमेन्ट बैंकको खाता नम्बर ००१०५०३०२५०५६६ मा नगद रु.एक लाख जम्मा गरेकी छिन। अरु प्रतिस्पर्धीहरुले कार,नगद राशी पुरस्कार पाउँदा सागर आलेको मनमा खिन्नता बोध हुन सक्छ भन्दै नेपाल आइडलको ग्राण्ड फिनाले सम्म नगद रु.५० लाख जम्मा गरौं भनेर आफ्ना सहकर्मीहरु लाई जेदिनले आग्रह समेत गरेकि छिन्।फाइनलको एक कदम अगाडी नै आफ्ना मन पर्ने प्रतिस्पर्धी सागर आले नेपाल आइडलको उपाधीको होडबाट बाहिरिए सँगै कतिपय समर्थकहरुको रुवाबासी नै चलेको समाचार विभिन्न सञ्चार माध्यमबाट आइरहेका बेला जेदिनले सम्मान स्वरुप उक्त रकम आलेलाई सहयोग गरेको बताएकी छिन् ।त्यसै गरि बेलायत बस्ने दिलिप राणा मगरले सागरलाई क्यानोन को डीएसएलआर क्यामेरा पनि दिने निर्णय गरेका छन । यो कुरा उनले आफ्नो फेसबुकमा उल्लेख गरेका छन । उनि लेख्छन :नाम त सागरले कमाए तर नामले मात्र काम नचल्ने भए पछी आर्थिक सहयोगको आह्वान गरेको उनले प्रष्ट पारिन ।अन्य सहयोगको तस्बिरहरु :

SHARE