खुसीको खबर – वृद्धवृद्धालाई १२ हजार भत्ता

0
357

काठमाडौं | काठमाडौँ महानगरपालिकाले ८० वर्ष पूरा भएका पुरुष र ७५ वर्ष पूरा भएका महिलालाई ‘वरिष्ठ ज्येष्ठ नागरिक’का रुपमा सम्मान स्वरुप वार्षिकरुपमा रु १२ हजार भत्ता दिने निर्णय गरेको छ ।

महानगरका नवनिर्वाचित प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा आज बसेको बैठकले घरघर उत्सर्जन हुने फोहरलाई सूर्योदय अगावै विर्सजन गर्ने व्यवस्था गर्ने निर्णयसमेत गरेको छ । कामपाका प्रमुख शाक्यका अनुसार काठमाडौँ महानगरको सरकारी कामकाजको भाषाका रुपमा नेपाली र नेपाल भाषाको प्रयोग गर्ने निर्णय गरिएको छ

SHARE